परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आफ्नो प्रतिवेदन शेरबहादुर देउवालाई बुझायो | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आफ्नो प्रतिवेदन शेरबहादुर देउवालाई बुझायो

serbahadur

काठमाडौं, २५ माघ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । कार्यदलले विहिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राख्दै छिमेकी पहिलो भन्ने सिद्धान्तका आधारमा परराष्ट्र सम्बन्ध राख्न सुझाव दिएको छ ।

कार्यदलले परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली नियोगको संस्थागत सबलीकरण गर्न सुझाव पनि दिएको छ । मुलुकको परराष्ट्र नीति कस्तो हुनु पर्छ भन्ने सुझाव दिन पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा गत वैशाख ८ गते १६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);