‘छिमेक नीति मुख्य प्राथमिकता’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘छिमेक नीति मुख्य प्राथमिकता’

deuwa

काठमाडौं,२६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले कूटनीति सञ्चालनमा  देखिएका असहजता चिर्दै छिमेक नीतिलाई मुख्य प्राथमिकतामा राख्न सरकार दृढ रहेको बताएका छन् । कतिपय भद्दा र असहज भनिएका कूटनीतिक अभ्यासलाई चिर्न सक्नुपर्ने धारणा उनको छ ।

सबै दलहरूसँगको सहकार्यमा सुधारको थालनी गर्दा सुधार हुने उनको भनाइ छ । विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदलले बनाएको बदलिँदो विश्व परिवेशअनुरूपको ‘गतिशील परराष्ट्र नीति’ को मस्यौदा बिहीबार बुझ्दै देउवाले त्यस्तो धारणा व्यक्त गरेका हुन् । गत वैशाखमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘गतिशील परराष्ट्र नीति’ उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

नेपालको कूटनीति सञ्चालनमा एकरूपता नभएको भन्ने आलोचनाबीच कार्यदल बनेको थियो । प्रधानमन्त्रीलाई बुझाएलगत्तै मस्यौदा परराष्ट्र मन्त्रालयको वेबसाइटमा राख्ने पूर्वतयारी थियो । तर कूटनीति सञ्चालनको महत्त्वपूर्ण विषय भएकाले मन्त्रिपरिषद्मा पारित गराएर मात्र सार्वजनिक गर्ने तयारी गरिएको परराष्ट्र अधिकारीहरूले बताए ।

प्रधानमन्त्रीले उक्त मस्यौदा बुझेलगत्तै परराष्ट्र मन्त्रालयलाई अध्ययन गर्न भनेको सहभागीले बताए । यद्यपि उच्चस्तरीय कार्यदलले सरकारले यो प्रतिवेदन कार्यान्वयन गरे नगरेको अध्ययन गर्ने अनुगमन समितिसमेत बनाउने सुझाव दिएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);