राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक, एमाले पहिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, २५ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण परिणाम बिहीबार सार्वजनिक भएको जानकारी दिए । बुधबार ५६ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको थियो ।

प्रवक्ता ढकालले आयोगका कर्मचारीको अथक परिश्रम र राजनीतिक दलहरुको सहयोगमा निर्वाचनको नतिजा सोचेभन्दा पनि छिटो सार्वजनिक भएको पनि स्पष्ट पारे ।

निर्वाचनमा एमालेले २७ सिट ल्याएर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी नेपाली काँग्रेसले १३, नेकपा माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम, नेपाल २ र राष्ट्रिय जनता पार्टी, नेपाल २ स्थानमा विजयी भएका छन् ।

निर्वाचनमा एमालेले २७ सिट ल्याएर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी नेपाली काँग्रेसले १३, नेकपा माओवादी केन्द्र १२, संघीय समाजवादी फोरम, नेपाल २ र राष्ट्रिय जनता पार्टी, नेपाल २ स्थानमा विजयी भएका छन् ।

निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार ७ दिन भित्र राष्ट्रिय सभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गर्नेछ । आयोगका प्रवक्ता ढकालले प्रतिनिधि सभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेर फागुन ५ गतेभित्र राष्ट्रपति समक्ष पेश गर्नेगरी काम भईरहेको पनि जानकारी दिए ।

आयोगले शुक्रबार दलहरुलाई उनीहरुले प्राप्त गरेको सिट संख्याबारे पत्रचार गर्नेछ । पत्रचार गरिएको सिट संख्या अनुसार दलहरुले बन्द सूचिमा पेश भएका नामावली अनुसारको सूचि पेश गरेपछि प्राप्त नामावलीको आधारमा प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक हुनेछ ।

दलहरुले अन्तिम नामावली पठाउँदा गल्ती भए सच्याउन २ दिनको समय दिइने पनि आयोगका प्रवक्ता ढकालले जानकारी दिए । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);