नेपाली कांग्रेस सरकार गठनका लागि गणित पर्खदैं : विश्वप्रकास शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाली कांग्रेस सरकार गठनका लागि गणित पर्खदैं : विश्वप्रकास शर्मा

काठमाडौं, ५ चैत। नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।

वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलि नसकेको प्रतिक्रिया दिएका छन्।

उनले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारे । यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनको भनाई छ ।

प्रवक्ता पौडेलले कांग्रेस आफैसंग भएको सांसद संख्या र अन्यदलहरु भित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले पार्टीले पनि धारणा तय नगरेको स्पष्ट पारे । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषण पछि पार्टी निर्णयमा पुग्ने बताए ।


उनले कांग्रेसले दवाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे । उनले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे ।


प्रवक्ता पौडेलले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेसले सरकारको नेतृत्व खोजिरहेको भएपनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको तर्क गरे । राजनीतिक वृतमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमन तिर लैजाने प्रधानमन्त्रीलाई विदाई गर्ने हो भने सबै दलहरु प्रधान एजेण्डाका साथ आउनुपर्ने धारणा उनले राखे ।

प्रधानमन्त्री पदले नेपाली कांग्रेसको पार्टीको ढोका ढकढकाएको भएपनि त्यसका लागि आवश्यक पृष्टभूमि भने तयार नभईसकेकाले सरकार गठनको सुनिश्चितताका लागि आवश्यक गणितिय कुरा नमिलेसम्म कांग्रेसले अग्रसरता नदेखाउने स्पष्ट पौडेलले पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);