डा. गोविन्द केसी र वाईडबडी प्रकरणबारे कांग्रेसको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

डा. गोविन्द केसी र वाईडबडी प्रकरणबारे कांग्रेसको ध्यानाकर्षण

nepali congress

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसंगको सहमति कार्यान्वयन र वाईडवडी विमान खरिद प्रकरणको राजनीतिक पुर्वाग्रहविना तथ्यगत अध्ययनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरि कांग्रेसले अनसनरत डाक्टर केसीको स्वास्थ्य स्थिति विग्रदै गएको भन्दै सरकारको संवेदना शुन्य भूमिका प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

डाक्टर केसीको मागलाई केबल एउटा व्यक्तिको मागको रुपमा मात्रै नबुझी आम नेपाली नागरिकको भावनाको प्रतिनिधित्वको रुपमा बुझ्न पनि कांग्रेसले आग्रह गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले डाक्टर केसीले उठाएका मागलाई सत्ता र प्रतिपक्षको भिन्न भिन्न आँखाले नहेरेर राष्ट्रिय एकताको भावका साथ समस्याको निकासमा पुग्न सरकारलाई आग्रह गरे ।

कांग्रेसले वाईडवडी विमान खरिद प्रकरणमा सभापति शेरबहादुर देउवाको नाम जोडिएको प्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता शर्माले निश्चित राजनीतिक आग्रहका विषयलाई विषयान्तर गरिंदा कसैलाई लाभ नपुग्ने भन्दै राजनीतिक आग्रह, प्रभाव र दबावबाट मुक्त रहेर तथ्यको जगमा सत्यको खोजी गर्न अपिल गरे ।

विमान खरिद प्रक्रिया सुरु हुँदा प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहेको भन्दै कांग्रेसले खरिदको प्रारम्भीक प्रक्रिया देखि तत्कालिन नेतृत्वको विवरण सार्वजनिक गर्दै सभापति देउवाको संलग्नता नरहेको स्पष्ट पारेको छ । वाईडबडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति देउवा पनि संलग्न रहेको समाचार सार्वजनिक भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);