राजनीतिक रुपमा कांग्रेसको अस्तित्व सकियो : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

राजनीतिक रुपमा कांग्रेसको अस्तित्व सकियो : प्रचण्ड

काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रुपमा नेपाली कांग्रेसको अस्तित्व सकिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले डाक्टर गोविन्द केसीको एजेण्डा बोकेर हिडेको कांग्रेस इतिहासमा सिमित हुने दाबी गरे ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न वहानामा सरकारलाई बदनाम गर्ने प्रयत्न गरेको दृष्टान्त दिँदै उनले कांग्रेस आफ्नै क्रियाकलापका कारण राजनीतिक रुपमा समाप्त हुने दाबी गरे । विशेष गरेर डाक्टर केसीको मागलाई अनावश्यक रुपमा राजनीतिक रंग दिएर कांग्रेसले गल्ति गरेको उनको भनाई थियो ।

सरकार डाक्टर केसीको जिवन रक्षाप्रति संवेदनशिल भईरहेकै समयमा कांग्रेसले अवरोध पुर्याएको उनले बताए । प्रचण्डले भने “नेपाली कांग्रेसले खोजेको चाँही के हो ? नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र डाक्टर केसीको पुच्छर समातेर हरण गर्न खोजेको हो ? नेपाली कांग्रेसले आफ्नो राजनीति गोविन्द केसी मार्फत गर्न पर्ने ठाउँमा पुगिसकेको हो ? कांग्रेस यति निम्छरो, यति कमजोर, यति एजेण्डा विहिन, यति अलोकतान्त्रिक भईसकेको हो ? ”

आफ्नो कुनै एजेण्डा नभएपछि कांग्रेस गोविन्द केसीको माग पुरा गर भन्दै सम्पुर्ण तोडफोडमा उत्रिएको बताउँदै उनले भने “मेरो दृष्टिमा कांग्रेस अब सिद्धियो । अब कांग्रेसको अवसानको बाटो हो यो कांंग्रेसको यही बुद्धि हो यही तरीका हो भने कांग्रेस अब इतिहासको विषय बन्न धेरै दिन लाग्दैन ।”

लोकतन्त्रवादी भन्ने सरकारको समयमा डाक्टर गोविन्द केसी सबै भन्दा बढी अनसन बसेको उल्लेख गर्दै उनले तत्कालिन समयमा किन माग सम्बोधन नगरेको भन्दै प्रश्न गरे । उनले भने “डाक्टर गोविन्द केसी अनसन बस्नुहुन्छ । यो नेपाली समाजले पचाईसकेको छ । उहाँको कामै अनसन बस्ने हो । उहाँ बसिरहनुहुन्छ । ”

अध्यक्ष दाहालले कांग्रेसले डाक्टर केसीको जीवनरक्षामा भन्दा लाशमाथि राजनीति गर्न खोजेको आरोप लगाए । प्रचेण्डले भने “उहाँको जीवनरक्षा गर्ने दायित्व सरकारको हो तर अर्को पक्ष उहाँको जीवनरक्षा प्रति गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र लाशको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न गम्भीर रुपले खडा भएको छ ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);