सानातिना समस्या सहजै हल हुन्छन् : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सानातिना समस्या सहजै हल हुन्छन् : प्रम ओली

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताएका छन् । छिन्नलता गीत पुरस्कार गुठीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकोले त्यसलाई इमान्दारिताका साथ पुरा गर्ने बताए । म कुनै पनि काम पर्दा पछाडि गर्दिन प्रधानमन्त्री ओलीले भने ‘भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।’

समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा ३६ औं छिन्नलता पुरस्कार तथा सम्मानबाट गायक ज्ञानेन्द्र गदाल, बषन्त क्षेत्री, संगिता प्रधान राना, मेलिना चाम्लिङ राई पुरस्कृत भए । यसैगरी राजनराज शिवाकोटी, शान्ती ठटाल, शिवशंकर थापा र कोमल वली पनि सम्मानित भए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);