देशको विविधतालाई द्वन्द्वको विषय बनाउनु हुन्न : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशको विविधतालाई द्वन्द्वको विषय बनाउनु हुन्न : प्रधानमन्त्री ओली

pm kp sharma oli

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई द्वन्द्वको विषय बनाउन नहुने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै मंगलबार प्रधानमन्त्री ओलीले भौगोलिक, सामाजिक, भाषिक विविधतालाई द्वन्द्वको विषय बनाउन नहुने बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्याएको समेत दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले हामी काम गर्न सक्छौँ देश विकाशका लागि भन्दै देश विकाशको मूल जरो भनेको कृषि पनि एक भएको तर्क गरे ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम समयमै हुनुपर्नेमा जोड दिँदै भवन निर्माणको काम छिटो र गुणस्तरीय ढंगबाट हुने बताए । उक्त भवन निर्माणको काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);