महिला हिँसा सून्यमा झार्न राज्यसंगै नागरिकको सहयोग पनि आवस्यक छ : लिलानाथ श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिला हिँसा सून्यमा झार्न राज्यसंगै नागरिकको सहयोग पनि आवस्यक छ : लिलानाथ श्रेष्ठ

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले महिला तथा बालिका विरुद्ध हुने हिंसा शून्यमा झार्न राज्यसँगै नागरिक पक्षबाट पनि सहयोगको आवस्यक्ता रहेको बताएका छन् ।

आटलाइन नामक मिडियाले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दैं मन्त्री श्रेष्ठले राज्यले कडा कानूनको तर्जुमा गरेपनि महिलामाथि हुने हिंसा बढ्दै गएकाले त्यस्को रोकथामा गर्न राज्यसंगै नागरिकको पनि महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आमा, दिदी बहिनी र छोरीहरुको सुरक्षाका लागि सरकार संवेदनशील रहेको भन्दै अझै समाजमा त्यस्ता घट्ना घट्नु चिन्ताजनक भएको उल्लेख गरेका छन् ।

सरकारल तेजाब तथा अन्य घातक रसायनिक पदार्थ नियमन गर्ने र यौन हिंसा विरुद्ध केही ऐन संसोधन गर्ने गरी दुई वटा ऐन अध्यादेश मार्फत ल्याएको समेत मन्त्री श्रेष्ठले जिकिर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);