स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसकेन : महिला मन्त्री लिलानाथ श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसकेन : महिला मन्त्री लिलानाथ श्रेष्ठ

काठमाडौं, १८ मंसिर । महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसकेका बताउनुभएको छ ।

बिहिबार संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले न्यायिक समितिले काम गर्न नसक्दा महिला बालबालिकामाथि भइरहेको घटना बढेका उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले अहिले भएका कानूनले नै आधारभूत रुपमा काम गर्न अप्ठेरो नहुने भएपनि स्थानीय तहको न्यायिक समितिले काम नै गर्न नसकेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले लैंङ्गिक हिंसा सम्बन्धी विषयलाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले प्रत्येक वर्ष डिसेम्बर १ देखि १६ तारिख सम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान चलाउँदै आएको छ । नेपाल संयुक्त राष्ट्र संघको महिला विरुद्ध हुने सबै प्रकारका हिंसा विरुद्धको अभिसन्धीको पक्ष राष्ट्र पनि हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);