स्थानीय तहमा दक्ष जनशक्तिको व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

स्थानीय तहमा दक्ष जनशक्तिको व्यवस्था गर्न माग

काठमाडौं, २९ असोज । पाटन उच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठले स्थानीय तहलाई न्याय निरुपणका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किनारा लगाउनुपर्ने न्याय सम्पादनमा स्थानीय तह अन्तरगतको न्यायिक समितिलाई चुनौति रहेको उल्लेख गर्दै सो समस्या समाधान गर्न आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने बताए ।

न्यायाधीश श्रेष्ठले स्थानीय सरकार संचालन ऐनमा प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहका अध्यक्ष अथवा प्रमुखबाट हुने न्याय निरुपणको क्षेत्राधिकार बाझिएकोतर्फ पनि सम्बन्धित निकायलाई सचेत गराए ।

स्थानीय प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहको प्रमुख वा अध्यक्षबीचको न्यायिक क्षेत्राधिकारमा देखिएको विवादका कारण पनि स्थानीय तहको न्यायिक समितिको काम प्रभावकारी हुन नसकेको न्यायाधीश श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सांसद रामकुमारी झाक्रीले स्थानीय तहको न्यायिक समितिलाई न्याय सम्पादनमा देखिएको चुनौती सामना हुने गरी दक्ष कानुन व्यवसायीको व्यवस्था गर्नं सरकारको ध्यानाकर्षण गराइन् ।

उनले नागरिकलाई सहज हुने गरी स्थानीय तहमा व्यवस्था गरिएको न्यायिक समितिलाई काम गर्न आवश्यक संरचनाको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताइन् ।

सांसद झाँक्रीले स्थानीय तहको न्याय सम्पादनका लागि व्यवस्था गरिएको न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन ढिला गरिए स्थानीय तहका गरिव जनता मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);