राष्ट्रपतिले दसैंमा सर्वसाधारणलाई पनि टिका लगाइदिने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपतिले दसैंमा सर्वसाधारणलाई पनि टिका लगाइदिने

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैंमा सर्वसाधारणलाई पनि टिका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ती जारी गर्दै विजयादशमीको दिन राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मलाई टीका लगाइदिने उल्लेख गरिएको छ ।

विशिष्ट व्यक्तिदेखि राष्ट्रसेवक अधिकृत सम्मलाई दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपतिको हातबाट बडादसैंको टिका तथा आशिर्वाद ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालय शीतलनिवासको गेट नम्बर १ बाट प्रवेश गर्ने व्यवस्था मिलाईएको छ । इच्छुक सर्बसाधारणले सोहि समयभित्र शीतलनिवास पुगि राष्ट्रपतिको हातबाट बडादसैंको टिका ग्रहण गर्न सक्नुहुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);