प्रधानमन्त्री देउवालाई गुरुबाट टीका प्रदान, सर्वसाधारणलाई टीका लगाउन ४ बजेपछिको समय तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, १४ असोज ।  बडादशैँका अवसरमा आज गुरु विनोद सापकोटबाट प्रधानमन्त्री शेरबहादुर देउवाले टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उनले टीका ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री देउवाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गर्ने बताइएको छ । दिउँसो २ बजे राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेपछि मात्र प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीका नेता तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ ।

प्रधानमन्त्रीको हातबाट सर्वसाधारणलाई टीका लगाउन ४ बजेपछिको समय तय गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);