प्रधानमन्त्रीले कात्तिक ६ गतेसम्म सर्वसाधारणलाई टीका लगाइदिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्रीले कात्तिक ६ गतेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडाैं, ३ कात्तिक  । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ६ गतेसम्म सर्वसाधारणलाई दसैंको टीका लगाइदिने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले एकादशी अर्थात् कार्तिक ३ गतेदेखि चतुर्दशी अर्थात् कार्तिक ६ गतेसम्म विहान ९ः०० बजे देखि ११.०० बजे सम्म सर्वसाधारणलाई प्रधानमन्त्रीले दसैंको टीका लगाइदिने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले शनिबार एचआइभी संक्रमित बालबालिकालाई दसैंको टीका लगाइ दिएका छन् । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सामुहिक टिका र जमरा लगाइदिएका हुन् ।

यसैगरी बडा दसैंको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधरणलाई समेत टीका लगाईदिएका थिए । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओलीले दसैंको दिन सर्वसाधरणलाई टीका र जमरा लगाईदिएका थिए । प्रधानमन्त्रीको हातबाट टीका लगाउनका लागि बालुवाटारमा सांसद, कार्यकर्ता तथा सर्वसाधरणहरु लामबद्ध थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);