राष्ट्रपति भण्डारीद्धारा आमा मिथिला पाण्डेयको हातबाट दशैको टीका ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौं, १४ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेयको हातबाट दशैको टीका ग्रहण गरेकी छिन् ।

राष्ट्रपति भवन शितल निवासमा सनिबार बिहान ११ बजेर ५५ मिनेटको शुभ साईतमा आफ्नी आमा मिथिला पाण्डेयको हातबाट टीका र जमरा ग्रहण गरेकी हुन् ।

टीका ग्रहणका बेला मंगल धुन बजाईएको थियो । आफुले टीका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाई उषाकिरण भण्डारी, उमेश थापा, निषा कुसुम भण्डारी, अभिशेक यादव र देवर डाक्टर कैलाश भण्डारीलाई टीका र जमरा लगाईदिन् । त्यसलगत्तै उनले परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाईदिन् । राष्ट्रपति भण्डारीले अपरान्ह २ बजे देखि ३ बजे सम्म उच्च पदस्थ अधिकारी र ३ बजे पछि सर्वसाधारणलाई टीका लगाईदिने कार्यक्रम छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);