राष्ट्रपति भण्डारीद्वारा आमाबाट टीका ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा आमाबाट टीका ग्रहण

rastrapati tika

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्या भण्डारीले पण्डित देवराज अर्याल र उहाँकी आमा मिथिला पाण्डेबाट टीका ग्रहण गर्नुभएको छ । विजया दशमीको अवसर पारी उत्तम साईत १० बजेर ३५ मिनेटमा राष्ट्रपति भण्डारीले शितल निवासमा टीका ग्रहण गर्नुभएको हो ।

राष्ट्रपतिलाई हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उनका काका–काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिनुभएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);