डा. भट्टराईद्वारा बुबाको हातबाट टीका ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

डा. भट्टराईद्वारा बुबाको हातबाट टीका ग्रहण

baburam tika

काठमाडौँ, २१ असोज । सत्तारूढ समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पिताबाट दसैँको टीका ग्रहण गर्नु भएको छ । दसैँको शुभसाइत पारेर उहाँसहित सपरिवारले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गर्नु भएको हो ।

नेता भट्टराईले बिहान १०:३५ को शुभसाइत पारेर पिताको हातबाट टीका ग्रहण गर्नु भएको हो ।

भट्टराईले ट्विटरमा टीका ग्रहण गर्दै गरेका तस्वीरहरू पनि पोस्ट गर्दै लेख्नु भएको छ, ‘शुभविजयादशमीको उपलक्ष्यमा ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार टीका ग्रहण! सबैको भलो होस्! देशमा शान्ति,सुशासन र समृद्धिको वर्षा होस! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस् !’

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);