राष्ट्रपति भण्डारीलाई टीका प्रदान, सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौं, १४ असोज ।  आज विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट राष्ट्रपति विद्यादेवी भण्डारीले टीका ग्रहण गरेकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टिका लगाईदिइन् ।राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);