दसैँको टीकाको शुभसाइत १०ः३५ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दसैँको टीकाको शुभसाइत १०ः३५ मा

dashain tika

काठमाडौं, १८ असोज । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको शुभसाइत २१ असोज मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ । निर्णायक समितिका अनुसार १८ गते शनिबार फूलपातीको दिन बिहान ८ बजेर ५२ मिनेटमा तुलजा भवानी यात्रा गराउन उत्तम हुनेछ । समितिले तुलजा भवानीलाई १० बजेर ५ मिनेट जाँदा आसनमा राख्न उपयुक्त हुने बताएको छ ।

सर्वसाधारणलाई राष्ट्रपतिको टीका
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका लगाउने राष्ट्रपति कार्यालयकी स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिइन् । त्यसपछि उनले प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रसेवक उच्चपदस्थ कर्मचारी र सर्वसाधारणलाई राष्ट्रपति कार्यालयमा टीका लगाइदिनेछिन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);