३ अर्ब ६१ करोडको पाम आयल निर्यात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३ अर्ब ६१ करोडको पाम आयल निर्यात

palm oil

काठमाडौं, १८ असोज । आर्थिक वर्ष २०७६-७७ को पहिलो दुई महिनामा ३ अर्ब ६१ करोड रुपैयाँको पाम आयल निकासी भएको छ। नेपालमा उत्पादन नै नहुने पाम आयल नेपालबाट निकासी हुने प्रमुख वस्तुका रूपमा देखिएको छ। पाम आयलको भन्सार महसुल नेपालमा १० प्रतिशत छ भने भारतमा ४० प्रतिशत छ।

महसुलको भिन्नताका कारण व्यापारीले मलेसिया र इण्डोनेसियाबाट पाम आयल आयात गरी भारतमा निकासी गरिरहेका छन्। भारतीय व्यवसायीले इण्डोनेसिया र मलेसियाबाट आयात गर्दा धेरै भन्सार महसुल लाग्ने भएकाले नेपाल हुँदै पाम आयल भारत पुर्‍याइने गरेको छ।

साबुनको कच्चा वस्तुका रूपमा पाम आयल प्रयोग हुँदै आएको छ। नेपालले भारतीय बजारमा निकासीमा पाएको सौविध्यपूर्ण बजार पहुँचको उपयोग गर्दै पाम आयल निकासी भइरहेको छ। राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा भारत सरकारले नीतिगत परिवर्तनको उपाय लिने बित्तिकै प्रमुख निर्यात वस्तुका रूपमा रहेको पाम आयलको निर्यात ध्वस्त हुन सक्ने बताउँछन्।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले पाम आयलले यस वर्षका सुरुवातदेखि नै प्रमुख निकासी वस्तु कार्पेट, अलैंची, गार्मेन्ट तथा हस्तकलाका सामानलाई पछिपारेको छ। पाम आयलको निकासी तासको घरजस्तो भएको व्यापार विज्ञ टिप्पणी गर्छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);