भारतले पाम तेल आयतमा रोक लगाएपछि उद्योगी त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतले पाम तेल आयतमा रोक लगाएपछि उद्योगी त्रसित

palm oil

काठमाडौं, २९ पुस । यतिखेर पाम आयल विषयले औद्योगिक बजारमा गर्माएको छ । औद्योगिक क्षेत्रमा मात्र होइन देशको समग्र अर्थतन्त्रमा नै प्रभाव पार्ने पाम तेलको विषयले सरकारी संयन्त्र तथा निकायहरूलाई समेत छोएको छ । असमान व्यापार घाटाको परिपूर्ति गर्ने प्रमुख निर्यातको वस्तु पाम तेलमा भारतले रोक लगाउने निर्णय गरेसँगै यो विषयले थप चर्चा पाएको हो ।

भारतको विदेश व्यापार महानिर्देशनालय डीजीएफटीले गत हप्ता एक सूचना निकाल्दै नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको आयातमा रोक लगाउने घोषणा गरेको थियो । घोषणा लगत्तै भोलिपल्ट देखि नै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखियो । सुधार उन्मुख व्यापार घाटाको भरथेग गरेको पाम तेलको निकासी बन्द भए यसले मुलुकको अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्ने, उद्योग व्यवसायीको खर्बौको लगानी डुब्ने र लाखौँको रोजगारी गुम्ने व्यबसायीकोे भनाइ छ ।

नेपालको कुल निर्यातको करिब २४ प्रतिशतको योगदान पाम तेलको रहेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्ष १ अर्व ३४ करोड मुल्य बराबरको पामतेल भारत निकासी भएको थियो भने चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा मात्र नेपालबाट ११ अर्ब ५२ करोड बराबरको पाम तेल निर्यात भएको छ । नेपालमा पाम तेलका १५ भन्दा बढी उद्योगमा छन् । पाम तेलको ९५ प्रतिशतको बजार भारतीय बजार नै हो ।

आर्थिक वर्ष २०७/७६ बाट मात्र निर्यात हुन थालेको पाम तेलले छोटो समयमा नै नेपालको निर्यात वस्तुको प्रमुख आधार बन्न पुगेको थियो । त्यसो त योभन्दा अघि पनि नेपालले प्रमुख रूपमा निर्यात गर्दै आएको वनस्पति घिउमा भारतले प्रतिबन्ध लगाएपछि निर्यात बन्द हुन पुगेको थियो । प्रशोधित पाम तेलको प्रमुख बजार रहेको भारतले यदि निर्यातमा सदाका लागि रोक लगाइदिए नेपाली अर्थतन्त्रमा ठूलो समस्या खडा हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);