राष्ट्रपति भण्डारीद्वारा टीका तथा जमरा ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा टीका तथा जमरा ग्रहण

काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।

बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा आज गुरु खेमचन्द्र ढकालबाट राष्ट्रपति भण्डारी टीका तथा जमरा ग्रहण गर्नुभएको हो ।

साथै उहाँले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइ दिनुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);