शुभ साइतमा टीका लगाएर दशैं मनाइयोः आज दिनभर नै टीका लगाउन सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शुभ साइतमा टीका लगाएर दशैं मनाइयोः आज दिनभर नै टीका लगाउन सकिने

काठमाडौं, १० कार्तिक । बडादशैंको मुख्य दिन विजया दशमी आज मान्यजनबाट नवदुर्गाको प्रसाद टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गरी मनाइँदैछ ।

पञ्चांग निर्णायक समितिले तोकेको उत्तम साइत १० बजेर १९ मिनेटबाट टीका तथा जमरा ग्रहण गरिएको छ ।

यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले सोमवार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ ।

मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);