आज वडा दशैँको तेस्रो दिन, मान्यजनबाट टिका जमरा लगाएर आर्शिवाद ग्रहण गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

काठमाडौं, १६ असोज । आज वडा दशैँ अन्तर्गत टिकाको तेस्रो दिन विजया दशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गरिंदैछ। विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिइरहेका छन्।

कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । टीका लगाएर आशिर्वाद लिन टाढाटाढाबाट आफन्तजनको पुग्ने क्रम जारी छ। कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउंदै आशिर्वाद लिने चलन छ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आपूmभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ। मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);