राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो।

उहाँले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गर्नुभएको हो । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिनुभएको थियो ।

Leave a Reply