राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका लगाइदिने | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

काठमाडौं, १४ असोज ।  विजया दशमीमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दशैंको टीका लगाइदिने भएकी छन् ।

आज दिउँसो २ बजेदेखि शितल निवासमा टीका लगाइदिने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री, मन्त्री, सांसद लगायत विशिष्ट महानुभावलाई २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने समय छुट्याइएको शितल निवासले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुुुसार शीतलनिवासको एक नम्बर गेट खुल्ला रहने छ ।