सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौँ ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । प्रहरी कार्यलय चितवनका अनुसार पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने जानकारी दिएको हो ।

चितवन प्रहरीले राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक जंगलमा फेला पारेको हो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेको र मृत अवस्थामा उक्त जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

तर सोही दिननै दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको र अज्ञातस्थलतर्फ लगेको जानकारीको आधारमा चितवनमा प्रहरीमा उजुरी परेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);