भिरमा अड्किएको अवस्थामा फेला पर्यो युवकको शव, सँगै युवतीपनि मृत अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भिरमा अड्किएको अवस्थामा फेला पर्यो युवकको शव, सँगै युवतीपनि मृत अवस्थामा

बासुदेव बडु

दार्चुला । दार्चुलामा एक युवक र युवतीको शव फेला परेको छ।

जिल्लाको नौगाड गाउँपालिकाको सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी १६ वर्षीय युवक र युवतीको शव फेला परेको हो ।

युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको र युवकको शव भिरमा अडकिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा नौगाड गा पा ४अन्दाजी १६ वर्षीय जितेन्द्र ठगुन्ना र नौगाड ४ कि अन्दाजी १६ वर्षीय सञ्जिला ठगुन्ना रहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतक दुवै जना को शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला मा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);