सुजिता भण्डारी मृत्युको विषयलाई लिएर जारी प्रदर्शन नियन्त्रण गर्न पूर्वी चितवनमा कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुजिता भण्डारी मृत्युको विषयलाई लिएर जारी प्रदर्शन नियन्त्रण गर्न पूर्वी चितवनमा कर्फ्यू

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनमा कर्फ्यू जारी गरेको छ ।

राप्ती–३ चितवनकी सुजिता भण्डारीको मृत्युलाई लिएर हुन सक्ने हिंसात्मक झडपलाई मध्यनजर गर्दै कर्फ्ष्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी विज्ञप्तिका अनुसार मृत्युको विषयलाई लिएर केही व्यक्तिले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भिड जम्मा गरी हुलहुज्ज्त गर्ने गरेको भन्दै कर्फ्यू जारी गरिएको उल्लेख छ ।

मंगलबार साँझ साढे ७ बजेदेखि जारी कर्फ्यू बुधबार बेलुकी साढे ७ बजेसम्म जारी रहने जारी आदेशमा उल्लेख छ । कर्फ्यूमा राजमार्गमा लामो दूरीका सवारीसाधन बाहेक कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन पाइने छैनन् ।

कर्फ्यू पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती–४ डडुवाचोकसम्म राजमार्गको दायाँबायाँ ५०० मिटर भित्र पर्ने सबै क्षेत्रमा लागू हुनेछ । असार ११ गतेदेखि हराएकी २३ वर्षीय भण्डारीको शव चिवतनकै जंगलमा फेला परेको थियो ।

परिवारले प्रहरीले खबर गरेको भए पनि प्रहरीको बेवास्ता गरेको भन्दै मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दै आएका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);