सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर चितवनमा हिंसात्मक प्रदर्शन,स्थानीय प्रशासनद्धारा कफ्र्यू | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर चितवनमा हिंसात्मक प्रदर्शन,स्थानीय प्रशासनद्धारा कफ्र्यू

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्म कफ्र्यू लगाएको छ ।

राप्ती नगरपालिका बस्ने सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर हिंसात्मक प्रदर्शन हुन सक्ने भन्दै स्थानीय प्रशासनले कफ्र्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिकाको वडा नम्बर १ देखि ४ को डडुवासम्मको राजमार्गको ५ सय मिटरसम्म पर्ने सबै क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको बताइएको छ ।

आदेशको उल्लंघन गर्नेलाई तत्काल गिरफ्तार गरेर एक महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);