सर्वाेच्च अदालतले भक्तपुरमा मनाउने बिस्का : जात्रा नरोक्न अन्तरिम आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सर्वाेच्च अदालतले भक्तपुरमा मनाउने बिस्का : जात्रा नरोक्न अन्तरिम आदेश जारी

भक्तपुर, २५ चैत । सर्वाेच्च अदालतले भक्तपुरमा मनाउने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो ।

सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो । यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो ।

बिस्काः जात्रा आगामी चैत २८ बाट हुँदैछ । नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने निर्णय गरेको हो । छिमेकी देश भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानमा कफ्र्यू समेत लगाइसकेको अवस्थामा नेपाल–भारतबीचको खुला सीमाका कारण संक्रमण जोखिम रहेकाले सबै सचेत रहनुपर्ने चर्चा भयो ।

जसकारण कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);