भक्तपुरको बिस्केट जात्रा यसपालि पनि स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

भक्तपुरको बिस्केट जात्रा यसपालि पनि स्थगित

सुबास चौलागाई
भक्तपुर, २३ चैत। भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा यस वर्ष पनि स्थगित गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै गत वर्षजस्तै यस वर्ष पनि उक्त जात्रा स्थगित गरिएको हो ।

कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन समितिको बैठकले जात्रा रोक्ने निर्णय गरेको हो । जात्रामा भीडभाड हुने र त्यसले कोभिड– १९ को संक्रमण फैलिन सक्ने भएकाले स्थगित गर्नुपरेको बताइएको छ ।

‘भक्तपुर जिल्लामा मनाइने बिस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौँ भक्तजनहरू सहभागी हुने गरेको तथा सो भीडभाडले कोभिड– १९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकोले यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिङ्गो ठड्याउने काम गत वर्षजस्तै यस वर्ष पनि नगर्ने ।’जारि विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकले कोभिड– १९ नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको मापदण्डहरूको उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply