स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित दुई जना प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित दुई जना प्रहरीको नियन्त्रणमा

लुम्बिनी । रुपन्देहीमा स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रनमा लिएको छ । मंगलबार दिउँसो भैरहवाबाट ३१ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रुपन्देही प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाले बेलहिया नाका नजिकै सिद्धार्थनगर नगरपालिका १ बाइपास रोडबाट स्थानीय विनय कलवार र भारत नौतनवाका सुरज गौण पक्राउ परेको जानकारी दिएका हुन् ।

उनीहरु सवार लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी गर्ने क्रममा झोलामा लुकाएर राखेको अवस्थामा उक्त रकम भेटिएको उपरिक्षक थापाले जानकारी दिए ।
उनीहरुको साथबाट बरामद भएको रकमबारे सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको र थप कारवाहीका लागि अनुसन्धान प्रकृया समे अघि बढाइएको उपरिक्षक थापाले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);