विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण का लागी प्रशासन को पुर्व तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण का लागी प्रशासन को पुर्व तयारी

darchula

दार्चुला । मनसुन सुरु भए लगत्तै मनसुन बाट हुने विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण का लागी जिल्ला प्रशासन कार्यालय दार्चुला ले पुर्व तयारी गरेको छ । जिल्ला भरी जोखिम मा रहेको बस्ती तथा परिवार र जनसंख्या पहिचान गरी हुन सक्ने जोखिम को अवस्था आउन सक्ने भनि सबैलाई सुचना गरी सकेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी ले जानकारी दिएका छन् ।

बर्सात मा सडक अवरुद्ध हुन सक्ने भनी तुरन्त सुचारु गर्न जनसक्ति सहित स्काभेटर उपलब्ध गराउन भनी सडक डिभिजन कार्यालय बैतडी लाई पत्राचार भई सकेको र आकस्मिक उद्धार का लागी सुरक्षा कर्मीहरु तत्पर तथा तयारी अवस्था मा रहेको प्रमुख जिल्ला अधिकारी ले जानकारी दिएका छन् । जिल्ला मा स्थित नौ वटै स्थानिय तहहरु सित समन्वय गरी आवस्यकता परे खुला क्षेत्रहरु को पनि पहिचान भएको र जिल्ला मा स्थित सबै एम्बुलेन्स हरु लाई तयारी अवस्थामा राख्न निर्देशन भई सकेको बताएका छन् ।

आ.व.०७७÷०७८ मा विपद् बाट १३ जना ले ज्यान गुमाएको , पशु चौपाया क्षति भएको संख्या २०७, पशु चौपाया बेपत्ता संख्या ६७ , पुर्ण क्षति भएका घरहरु को संख्या ७८ , बाढी ले बगाएका पुलहरु को संख्या ३५ , पुर्ण क्षति भएका सरकारी भवन संख्या ११ र पुर्ण क्षति भएका खानेपानी योजना संख्या २५ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला को तथ्याँक रहको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);