प्रहरीद्धारा कर्मचारीले वायुसेवा निगममा लगाएको ताला खोल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रहरीद्धारा कर्मचारीले वायुसेवा निगममा लगाएको ताला खोल्यो

काठमाडौँ। नेपाल वायुसेवा निगमको कार्यलयमा कर्मचारीले लगाएको ताला प्रहरीले खालेको छ। शुक्रबारदेखि लगाएको महाप्रवन्धकको कार्यकक्षको ताला प्रहरीले आज खोलेको हो नेपाल वायुसेवा निगमको संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको भन्दै एयरलाइन्सका कर्मचारीहरु आन्दोलित बन्दै आएका थिए।

निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने गरि तयारी शुरु भएसँगै कर्मचारी भने संस्थान नै रहनु पर्ने माग सहित विरोधमा उत्रिएका हुन्।सरकारले आगामी आवको बजेटमा निगमको संस्थापक सुदृढीकरणका लागि रणनीतिक साझेदार ल्याउने नीति अवलम्बन गरेको छ । निगमका कर्मचारीहरुले भने प्रहरीले जबर्जस्ती ताला खोलेको भन्दै विरोध प्रदर्शन जारी राखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);