त्रिशुली अस्पतालको लापरबाहीका कारण नवजात शिशुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

त्रिशुली अस्पतालको लापरबाहीका कारण नवजात शिशुको मृत्यु

शालिकराम चालिसे,
नुवाकोट । देशकै उत्कृष्ट अस्पतालको रुपमा नाम कमाएको त्रिशुली अस्पतालको लापरवाहीको कारण मंगलवार विहान एक नवजात शिशुको मृत्यु भएको छ ।

बिहान त्रिशुली अस्पतालमा प्रशव ब्यथा लागेर अस्पतालमा सुत्केरी गराउन आएकी विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतीकी आरती मगरले अस्पतालमा वत्ती नभएकै कारण बच्चा गुमाउनु परेको हो ।

मंगलवार बिहान करिव ३ बजेतिर अस्पतालमा सुत्केरी गराउन आइपुगेकी आरतीलाई बत्ती नभएकै कारण डा. मधुकर दाहालले शल्यक्रिया मार्फत सुत्केरी गराउन नसक्ने भन्दै फर्किएको आरतीका श्रीमान नकुल मगरले बताए । उनले आफूले अस्पतालकै लापरवाहीको कारण बच्चा गुमाउन परेको भन्दै अस्पताल प्रशासनले घटनाको दोषीलाई कारबाही र आफूहरुलाई न्यायको माग गरेका छन् ।

यस्तै आरतीका छिमेकी अष्टमान डंगोलले अस्पतालमा विविध कारण देखाएर बच्चा र आमाले ज्यान गुमाउनु दुखद घटना भएको भन्दै त्यलाई सच्चाउन अस्पताल प्रशासन लाग्नुपर्ने बताए । उनले अस्पताल प्रशासनले बत्ती नभएको र इन्धन समेत सकिएको बाहाना बनाएर उम्कन नहुने बताए । यसमा अस्पताल प्रशासन गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।

यस्तै त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट अस्पतालमा विद्युतको लाईन काटिएको र १२ घण्टा लगातार जेनेरेटर चलाउँदा इन्धन अभावका कारण अस्पतालमा दुखद घटना घटेको बताए । उनले अस्पतालमा दक्ष जनशक्ति अभावका कारण यस्ता घटना घटिरहेको भन्दै सबैले पहल गरेर जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताए । उनीसँग यस विषयमा बोल्न खोज्दा क्यामरा अगाडी उनी बोल्न चाहेनन् ।

देशभरमै नम्बर वान बनेर चर्चा कमाएको त्रिशुली अस्पतालले केन्द्रबाट अनुमगन टोली आउँदा सबै व्यवस्थापन गर्ने र अनुगमन टोलीलाई निरिक्षण गराउने र त्यसपछि सबै कुरा लथालिङ्ग हुने गरेको नाम नखुलाउने शर्तमा अस्पतालका एक कर्मचारीले बताए ।

यसअघि गत साता मात्रै सूर्यगढी गाउँपालिका वडा नम्बर ५ की एक युवतीको पोष्टमार्टम गर्न अस्पतालले दुई दिनभन्दा समय लगाएर लापरबाही गरेको भन्दै मृतकका आफन्तले अस्पताल प्रशासनमा धर्ना दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);