भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको भुइँमै उपचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको भुइँमै उपचार

bharatpur hospital

चितवन, ३ असोज । भरतपुर अस्पतालमा सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरुको भुइँमै उपचार भैरहेको छ । अस्पतालमा रहेको पचास शैयाले अपुग भएपछि सुत्केरी र नवजात शिशुको भुइँमै उपचार भईरहेको हो ।

भुइँमा पनि सुत्केरीको संख्या खचाखच भएपछि अहिले अवस्था झनै समस्या भएको छ । साथै नवजात शिशुहरु समेत जन्मने बित्तिकै भुइँमा सुत्न बाध्य भएको चिकित्सकहरुले बताएका छन् ।

चितवनमा ९० प्रतिशत सुत्केरी भरतपुर अस्पताल उपचार हुने गरेको छ । भरतपुर अस्पतालमा आर्थिक वर्ष ०७४-०७५ मा १३ हजार ५ सय २५ जनाले सुत्केरी सेवा लिएका छन् । पछिल्लो समय भरतपुर अस्पतालमा वार्षिक ८ सयको औशतमा सुत्केरी सेवा लिनेको संख्या रहेको अस्पताल स्रोतले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);