भरतपुर अस्पतालमा बेडको अभाव, सुत्केरी महिलालाई समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

भरतपुर, ४ पुष । भरतपुर अस्पतालमा पर्याप्त बेड नहुँदा सुत्केरी महिला समस्या परेका छन् ।

पर्याप्त बेड नहुँदा सुत्केरी महिला र शिशुलाई समस्या भएको हो । अस्पतालको सुत्केरी वार्डमा १४ ओटा मात्रै एक्टिभ लेवर बेड छन् । अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सुत्केरी गराउने गरेको सुचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । अस्पताले भरतपुर महानगरपालिकासँग सुत्केरी वार्ड छुट्टै ब्लकमा सार्न प्रस्ताव गरेको छ ।

चालु आर्थिक बर्ष ०७४÷७५ को कार्तिक महिना सम्ममा ५ हजार २ सय २६ महिलाले भरतपुर अस्पतालबाट सुत्केरी गराएका छन् । त्यस्तै चिसो बढेसँगै अन्य विरामीको संख्या पनि बढेको छ । भरतपुर अस्पतलामा दम, निमोनिया लगायतका विरामीको संख्या बढेको हो ।अस्पतालमा अहिले दैनिक ७ सय विरामीले ओपिडी सेवा लिने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);