सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई

जाजरकोट । बारेकोट गाउँपाललिले सेवा प्रवाहमा जाजरकोटका सबै स्थानीय तहलाई उछिनेको छ । ६ वटा स्थानीय तहलाई पछि पार्दै बारेकोट एक नम्बरमा आएको हो ।

स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ वटा सूचकलाई आधार बनाइ समीक्षा गरेकोमा बारेकोटले सयमा ६१.९२ अङ्क ल्याएको छ । यस्तै भेरी नगरपालिकाले दोस्रो र नलगाड नगरपालिका तेस्रोे स्थानमा रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका  र जुनीचाँदे गाउँपालिकाको सेवा प्रवाह भने निकै कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । तर पनि सुरक्षित सुत्केरी गराउने दर अन्य पालिकाभन्दा बढी छ । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका दोस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्याङ्कले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका तेस्रोमा छ । नलगाडले अघिल्लो वर्षको भन्दा सेवा प्रवाह खराब गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

आशा जाग्दै सुरक्षित सुत्केरी हुने दर
ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षित रूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो ।  नियमित गर्भजाँच गर्नेको संख्या समेत बढेको छ । 

नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्रय्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहज भएको नलगाड नगरपालिका– ७ का कमल सिंहले जानकारी दिए । उनका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।

कुशे गाउँपालिकामा स्ट्रेचरसम्म छैन 
कुशे गाउँपालिकाका सबै वडामा स्ट्रेचरकै अभाव रहेको खुलेको छ । स्वास्थ्य सेवा कार्यालयले शनिबार आयोजना गरेको समीक्षाका क्रममा यस्तो खुलाएको हो । 
५० वटा स्ट्रेचर आवश्यक भए पनि १० वटा मात्रै रहेको तथ्यांकबाट खुलेको छ । कुशे जिल्लाको सन्जाल सेवा नपुगेको तथा जुम्लाको सिमानामा रहेको गाउँपालिका हो । प्रसूति गराउने पाँच वटा बेड माग भए पनि अझै तीन वटा अपुग छ ।

सामान्य बेड समेत अभाव रहेको समीक्षामा जनाइएको थियो । प्रसूति गृहमा चाहिने टर्च लाइट पनि शुन्य रहेको बताएको छ । सुरक्षित गर्भपतन सेवा गाउँपालिकामा नहुँदा समस्या भइरहेको छ । नलगाड नगरपालिकामा वर्ष दिनदेखि एक्स रे मेसिन नहुँदा समस्या हुँदै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);