चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्योे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या बढ्योे

फूलमाया आले
काठमाण्डौँ, ४ पुस । चिसो बढेसँगै अस्पतालमा निमोनिया, रुघाखोकी जस्ता चिसोका कारण लाग्ने रोगका बिरामी बढेका छन् । चिसोबाट बच्न तातो खानेकुरा खान तथा अत्यावश्यक कामका बेला बाहेक घर बाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।

केही दिन देखि बढेको चिसोका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र तराई क्षेत्रमा पाँच दिनदेखि निरन्तर रुपमा चलेको शीतलहरले जनजीवन कष्टकर बनाएको छ । साथै चिसोका कारण निजी तथा सरकारी स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी जस्ता रोगका बिरामीको चाप बढेको छ । चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । विषेश गरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया जस्ता चिसोका कारण लाग्ने रोगका बिरामीको चाप बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

सधै नै बिरामीको चाप रहने मुलुककै पुरानो अस्पताल वीर अस्पतालमा पनि दम, मुटुरोग तथा वाथ जस्ता रोगका बिरामीहरु बढेको अस्पतालले जनाएको छ । दैनिक आउने बिरामी मध्ये २० प्रतिशत बिरामी चिसोका कारण लाग्ने रोगबाट प्रभावित भएको अस्पतालले जनाएको छ ।

चिसोका कारण लाग्ने रोगबाट बच्न हटवाटर ब्याकले सेक्ने, झोलिलो, तातो तथा पौष्टिक खानेकुरा खाने र तातो पानीले नुहाउने, न्यानो कपडा लगाउने तथा अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकले सुझाव दिएका छन् ।

फाईल फोटो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);