चिसो र शीतलहरका कारण तराईको जनजीवन सकसपूर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चिसो र शीतलहरका कारण तराईको जनजीवन सकसपूर्ण

ktm chiso

कपिलबस्तु, ७ पुस । बढ्दै गएको चिसो र शीतलहरका कारण तराईका जिल्लाको जनजीवन सकसपूर्ण बन्दै गएको छ । तराईका अधिकांस स्थानमा शीतलहर र बाक्लो हुुस्सु लागेको छ ।

चिसोका कारण बालबालिका, बृद्धबृद्धा र बिपन्न बर्गका मानिस बढी प्रभावित भएका छन् । विद्यालयमा विद्यार्थीको संख्या पातलिएको छ भने पठनपाठनमा समेत सकस भएको छ ।

बर्खामा बाढीको चपेटामा परेको तराई क्षेत्रमा अहिले शीतलहरले जनजीवन प्रभावित भएको छ । पुर्बी तराईका सिराहा, सप्तरी, मध्यतराईका बारा, पर्सा, महोत्तरी तथा पश्चिम तराईका कैलाली लगायत तराईका जिल्लामा बाक्लो हुस्सु र शीतलहरले स्थानीयको दैनिकी कस्टकर बनेको छ । १ सातादेखि बढेको चिसो र शीतलहरले गर्दा बजार पसलमा मानिसको संख्या पातलिएको छ ।

चिसोका कारण बिद्यालय जाने बालबालिका बढी सकसमा छन् । बिद्यालय पुग्ने बिद्यार्थी संख्या पातलिएको छ भने बिद्यालयमा पुगेकालाई समेत पठन पाठनमा समस्या छ ।

बाक्लो हुस्सुका कारण दुर्घटनाको सम्भावना बढेको भन्दै दुर्घटना न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले चालकहरुलाई सवारी साधान चलाउँदा बिस्तारै तथा लाईटको प्रयोगमा चलाउन सचेत गराएको छ ।

यता नेपालगञ्जमा भने स्थानिय तहले नै स्थानियलाई दाउरा बितरण गर्न थालेको छ । नेपालगञ्ज महानगरपालीकाले विपन्न वर्गलाई न्यानो कपडा तथा दाउरा वितरण गरेको छ ।

बिगत १ सातादेखि बढ्दो चिसो र शीतलहरका कारण अस्पतालमा उपचार गर्न आउने विरामीहरुको चाप पनि बढ्न थालेको छ । अस्पतालमा स्वाश्सप्रश्वास, रुघाखोकी, निमोनिया, ज्वोरो लगायतका बिरामीको चाँप छ ।

तराईमा लागेको कुहिरो अर्को पटक पानी नपर्दासम्म कायम रहने मौसम बिज्ञान बिभागको भनाई छ । यसले तराईको जनजिवन थप प्रभावित हुने देखिन्छ ।

चिसोबाट जोगिनकालागि स्थानीय आगो बालेर ताप्न बाध्य भएका छन् । शीतलहरका कारण छोटो तथा लामो दुरीका यातायात प्रभावित भएका छन् । अझ आर्थीक अवस्था कमजोर रहेका सर्वसाधारणलाई धेरै समस्या भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);