बसको ठक्करबाट छात्राको ज्यान गयो, सुकेधारा-चाबहिल क्षेत्रमा तनाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बसको ठक्करबाट छात्राको ज्यान गयो, सुकेधारा-चाबहिल क्षेत्रमा तनाव

काठमाडौं, ७ पुस । पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई गाडीले ठक्कर दिएपछि चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

सोमबार बिहान बा ४ ख ५९२० नम्बरको गाडीले बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर घाइते बनाएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो ।

ठक्कर दिएर भाग्न खोजेको गाडीमा विद्यार्थीले आगजनी र तोडफोड समेत गरेका छन् । विद्यार्थीहरुको तोडफोडका कारण बा ४ ख ५९२०, बा ४ ख ७१०१ र बा ३ ख ४४३३ नम्बरको बसमा क्षति पुगेको छ । अहिले पनि चावहिल क्षेत्रमा यातायातका साधनहरु पनि राम्रोसँग चल्न सकेका छैनन् । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);