काठमाडौं, १२ असोज । बसको ठक्करबाट सांसद प्रकाश रसाइली (स्नेही) घाइते हुनुभएको छ ।
आज बिहान काठमाडौंको टेकुमा बा २ ख ९८१० को मिनी बसले रसाइली सवार बा ६५ प ५६७३ स्कुटरलाई ठक्कर दिंदा उक्त घाइते हुनुभएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घाइते रसाइलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको अवस्था सामान्य रहेको जनाइएको छ ।




