कानूनभन्दा बाहिर गएर भन्सार कर उठाएको भन्दै व्यवसायी आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कानूनभन्दा बाहिर गएर भन्सार कर उठाएको भन्दै व्यवसायी आक्रोशित

काठमाडौं, ११ असोज । चीनबाट कृषिजन्य यान्त्रिक सामग्री ल्याउँदा कानूनले व्यवस्था गरेको अधिक भन्सार कर लिईएको भन्दै उद्योगी व्यवसायीहरू आक्रोशित भएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा डल्फिन प्रा.ली.का अध्यक्ष सूर्यबहादुर थापा लगायतले नेपाल चीन सिमानामा रहेका केरूङ नाका लगायतका भन्सार कार्यालयमा रहेको भन्सारले नियम भन्दा बाहिर गएर भन्सार कर असुलेको कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

कानूनको विपरित गएर यसरी दुःख दिँदा पनि राज्यले टुलुटुलु हेरेर बस्न नहुने उनीहरूको धारणा छ । थापाले उक्त समस्याबारे सम्बन्धित निकायका प्रमुख र प्रधानमन्त्री कार्यालयसम्म जानकारी गराउँदा समेत कारवाही हुन नसकेको गुनासो छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भन्सार र व्यवसायी विचको समस्यासम्बन्धित निकायमा जानकारी दिएर कारवाहिको लागि पहल गर्ने आश्वासन दिनुभयो । तर कृषि मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीले भन्सारसम्बन्धी कुरामा आफुहरुले सहजीकरण मात्र गर्ने भएकोले मन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने गैह्रजिम्मेवारी प्रतिक्रिया दिनुभयो ।

कार्यक्रममा अधिवक्ता अमित कर्णले कानुनी व्यवस्थाबारे प्रकाश पर्नुभएको थियो । उहाँले सबै प्रक्रिया पूरा गरेर ल्याईएका सामग्रीमा यसरी कानूनी व्यवस्थाभन्दा बढि भन्सार लगाउनु गलत र अन्याय भएको टिप्पणी गरेका तर मन्त्रालय भने गैह्रजिम्मेवारीपूर्ण जवाफ दिँदै पन्छिएका छन् ।

कानूनभन्दा बाहिर गएर भन्सार कर उठाएको भन्दै व्यवसायी आक्रोशित” मा प्रतिक्रिया

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);