पर्यटन दिवसमा सुनसान ठमेल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्यटन दिवसमा सुनसान ठमेल


काठमाडौं, ११ असोज । दिगो विकासका निम्ति ग्रामिण पर्यटन भन्ने मूल नाराका साथ आईतबार ‘४१ औं विश्व पर्यटन दिवस’ मनाईरहँदा नेपालमा पर्यटकका लागि पहिलो गन्तव्य ठमेल भने सुनसान देखिएको थियो ।

विगतका वर्षहरुमा पर्यटन दिवसका दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पर्यटक स्वागतका लागि भ्याईनभ्याई हुन्थ्यो भने यो वर्ष कोरोना प्रकोपको कारण पर्यटकहरुको स्वागत बिनै दिवस मनाउन बाध्य भयो ।

यसअघिको वर्षहरुमा पर्यटकलाई लोभ्याउन होटलहरुले विभिन्न छुटका योजना सार्वजनिक गर्ने गरेका थिए । त्यस्तै, काठमाडौंको मुख्य पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका व्यवसायीहरुले विभिन्न प्याकेज घोषणा गरी पर्यटन दिवसको अवसरमा छुट दिदैँ आएका थिए । तर, यो बर्षको पर्यटन दिवसमा भने कोरोना संक्रमणको महामारीका कारण ठमेल क्षेत्र सुनसान बनेको छ ।

अघिल्लो बर्षहरुको पर्यटन दिवसको दिन छुट्टै माहोल सहित आन्तरिक र बाह्य पर्यटकको भिड हुने गरेकोमा यो बर्ष सुनसान बनेको व्यवसायीले बताएका छन् ।

ठमेल क्षेत्रका व्यापारीहरुको मात्रै नभई मुलुकभरकै पर्यटन व्यवसायीको उस्तै अवस्था छ । पर्यटकको उपस्थिति शून्य भएसँगै व्यवसायीहरू फुर्सदिला बनेका छन् । महँगो घर भाडा, बैंकको व्याज बढ्दै जाने तर पर्यटनको आगमन ठप्प हुँदा कतिपय व्यवसायीले पलायन हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);