पर्यटकको भीडभाड हुने ठमेल क्षेत्र सुनसान ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पर्यटकको भीडभाड हुने ठमेल क्षेत्र सुनसान !

thamel sunsan

काठमाडौं, २२ फागुन । कोरोना भाईरसका कारण यतिबेला विश्वनै त्रसित बनेको छ । कोरोनाका कारण विश्व अर्थतन्त्रमा नै असर परिरहेको छ । नेपाली अर्थतन्त्रमा पनि यसको असर पर्न थालेको छ । नेपालमा विषेस गरी पर्यटन क्षेत्रमा यसको असर देखिएको छ । प्रायजसो पर्यटकको भिडभाड देखिने राजधानीको ठमेल क्षेत्र अहीले सुनसान जस्तै देखिएको छ ।

प्रायजसो विदेशी पर्यटकको भीडभाड रहने राजधानीको ठमेल क्षेत्र अहीले कोरोना भाइरसको त्रासका कारण सुनसानजस्तै रहेको छ । सधै भरिभराउ हुने ठमेलका होटलहरुमा पनि बिदेशी पर्यटकको संस्खया न्यून रहेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसको आतंकसँगै बन्द भएको पर्यटक आवागमनका कारण ठमेलमा विदेशीहरुको चहल पहल घटेको हो ।

सधैंजसो भ्याई नभ्याई हुने ठमेलका व्यापारीहरुलाई यतिबेला दिन कटाउन गार्हो परिरहेको छ । विश्वब्यापी रुपमा फैलिदै गएको कोरोनाको त्रासका कारण ८० प्रतिशत व्यापारमा गिरावट आएको ब्यापारीहरुको भनाई छ ।

मार्च महिनालाई पर्यटक नेपाल भित्रने सिजनका रुपमा लिईन्छ । मार्च महिनामा ठमेल क्षेत्र जती भिड हुनुपर्ने हो,तर त्यस्तो भिडभाड देखिदैन । ठमेलका पर्यटन व्यवसायीपनि अहीले धेरै फुर्सदिला भएका छन । कोरोनाको त्रासका कारण सिजन सुरु हुने बेलैमा अधिकांश विदेशी पर्यटकहरुले होटल बुकिङ बन्द गर्ने क्रम बढेको छ । पर्यटक भित्रिने सिजन सुरु भइसक्दा पनि ठमेल सुनसान हुनुले यो वर्ष पर्यटन व्यवसायी र सिंगो सरकारलाई नै समस्या पर्ने अवस्था रहेको पर्यटन व्यवसायी बताउँछन ।

सरकारले नेपाल भ्रमण बर्षको रुपमा सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेर प्रचार प्रसार गरेको थियो । तर कोरोनाकै कारण भ्रमणबर्ष स्थगित भएको छ । नेपाली अर्थतन्त्रको महत्वपूर्ण रुपमा रहेको पर्यटन क्षेत्र कोरोनाको त्रासका कारण नराम्रोसंग प्रभावित भएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसले अहीले बिश्वव्यापी रुप लिएको छ । त्यसको असर नेपालको पर्यटन क्षेत्रमा पनि देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);