छात्राबासमा आगलागी हुँदा २५ लाख बढीको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

छात्राबासमा आगलागी हुँदा २५ लाख बढीको क्षति

aagolagi

इलाम, २२ फागुन । इलामको फाकफोकथुम गाउँपालिका ६ फुस्रेको तिनजुरे बोर्डिङ स्कुलको छात्राबासमा आगलागी हुँदा २५ लाख बढीको क्षती भएको छ ।

गएराती भएको आगलागीमा घर, घर भित्र रहेको भाडाबर्तन, अन्नपात, लत्ताकपडा, दुईवटा टेलिभिजन, चारवटा ल्यापटप, दुईवटा कम्प्युटर, टेबल, कुर्सी, दराज, खाट र कागजात जलेर नष्ट हुँदा २५ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

काठ र टिनबाट निर्माण गरिएको दुई तले छात्राबासमा बिद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । एकतप्पा प्रहरी चौकी र स्थानीयको सहयोगमा दुई घण्टा पछि आगो नियन्त्रणमा लिईएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);