खान पकाउँदै गरेको ग्यास सिलिन्डर पड्किँएर दुई घर ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

नुवाकोट, ३२ साउन । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ।

 

खान पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र उहाँका भाइ अरुणको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो।

 

आगलागीबाट नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा गरी १५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो। सिलिन्डर पड्केर आगलागी भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। रासस

ताजा समाचार