हरियाणामा सिलिन्डर पड्किएर एकै परिवारका ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

हरियाणामा सिलिन्डर पड्किएर एकै परिवारका ६ जनाको मृत्यु

एजेन्सी । हरियाणाको पानीपतमा बिहीबार बिहान ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । जानकारी अनुसार बिचपडी गाउँको चार नम्बर गल्लीमा बिहीबार बिहान घटना भएको हो । आगलागीमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दम्पती, दुई छोरी र दुई छोरा रहेका छन् ।

दम्पतीको ४२ वर्षका अब्दुल र ४० वर्षीया अफरोज हो । उनीहरुका दुई छोरी २० वर्षीया रेश्मा र १७ वर्षीया इशरत छन् । उनका दुई छोरा १२ वर्षीया अब्दुल र १० वर्षीय अकफान छन्। उनीहरु यहाँ भाडाको घरमा बस्थे । प्रहरी प्रशासन घटनास्थल पुगेको छ । अधिकारीहरू छतबाट ढोका तोडेर भित्र पसेका छन् ।

दमकलको टोलीले आगो नियन्त्रणमा लिएको छ । शव शवगृहमा पठाइएको छ । वरपरका क्षेत्रमा त्रासको वातावरण छ । यो घटना जय भगवान शर्माका छोरा हजारीलाल शर्माको घरमा भएको बताइएको छ । मृतक परिवार उत्तर दिनाजपुर बङ्गालका बासिन्दा थिए । प्रहरीले घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी नभई ग्यास चुहावटबाट सुरु भएको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);