बहिनीलाई पान पराग किन्न पठाएर, १२ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जनकपुरधाम, ३२ साउन । जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको छ।

 

साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन्। मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए।

 

आजको अन्नपूर्ण पोस्ट लेख्छ – पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);